विश्‍व सम्मेलनमा यसरि ट्रम्पको मजाक उडाइयो

0
164

लण्डन : बेलायतमा सम्पन्न उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो)को शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मजाक उडाइरहेको भिडियो क्लिप सार्वजनिक भएको छ । सम्मेलनमा भीआइपी रिसेप्सनको क्रममा क्यानडा, फ्रान्स, बेलायत लगायतका नेताहरुबीच उनको मजाक उडाइएको हो । सम्मेलनमा सहभागी नेताहरुले अनौपचारिक कुराकानीमा ट्रम्पको मजाक उडाएका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । आफैँबारे भिडियो सार्वजनिक भएपछि पूर्वनिर्धारित पत्रकार सम्मेलन रद्द गरी ट्रम्प अमेरिका फर्किए । भिडियोमा ट्रम्पको मजाक उडाउने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ट्रम्पले ‘दुईमुखे नेता’ भन्दै टिप्पणी गरेका छन् । तर यसअघि ट्रम्प र ट्रुडोबीच सौहार्दपूर्ण कुराकानी भएको थियो । भिडियोमा ट्रुडोले ट्रम्पको मजाक उडाएका छन् । जहाँ बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि बोलिरहेका थिए ।

कालीगण्डकी किनारमा गौ- महोत्सव बेनी : जलजला गाउँपालिका ७ मिलनचोकस्थित कालीगण्डकी किनारमा बिहीबारदेखि नेपालमै पहिलो पटक गौ-महोत्सव सुरु भएको छ । लोपोन्मुख वैदिक गाईको संरक्षण र कालञ्जर क्षेत्रको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको संयोजनमा धाइरीङको गण्डकी गोपाल गौशालाले धनधान्याचल बिराट् महायज्ञ एवम् गौमहोत्सव आयोजना गरको हो । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना,गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, स्वामी कमलनयनाचार्यले उद्घाटन गरे । स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा विस २०७२ मा गौशाला स्थापना भएको थियो । गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, पौराणिक महत्वको कालञ्जर क्षेत्र तथा गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ,’ अध्यक्ष आचार्यले भने, ‘‍पाँच करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।’ हाल ३६ वटा गाइ पालिएको गौशालाको क्षमता बढाएर दुई हजार बनाउने तयारी भएको छ । धर्म, संस्कारका हिसाबले समेत महत्त्वपूर्ण मानिने गाई लोप हुने खतरा बढेपछि स्वामी कमलनयनाचार्यको संकल्पमा गौशाला निर्माण गरिएको थियो । दूधका लागि उन्नत जातका गाई पाल्ने चलन आएपछि स्थानीय जात हराउन थालेका छन् । खेतबारी जोत्न गोरुको विकल्पमा उपकरणको प्रयोग बढ्नु, चरनको अभाव र कम दूध दिने भएकाले धार्मिक, सांस्कृतिक, प्रौराणिक र पर्यावरणीय महत्व भएको स्थानीय गाई पाल्ने क्रम घटेको छ । ‘हिन्दु समाजमा धार्मिक र सांस्कृतिक कार्यका लागि नभै नहुने जुरो भएका स्थानीय जातका गाईको पर्यावरणीय र जैविकीय महत्व छ,’ मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले भने, ‘व्यवसायिक रुपमा लाभ नहुने र खेतबारी जोत्ने ट्याक्टरको प्रयोगसंगै यी गाइहरु लोप हुदै गएकाले संरक्षण थालिएको हो ।’

गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने उद्देश्य राखिएको महोत्सवका सहअध्यक्ष शेरबहादुर केसीले बताए । गौशालाबाट प्राङगारिक मल उत्पादन गरि तरकारी र खाद्यबालिमा रासायिनक मल र विषादीको प्रयोग घटाउने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले राष्ट्रिय जनावर गाइको जैविकीय, पर्यावरणीय, स्वास्थ्य सम्बन्धी महत्व बुझाएर संरक्षणमा जागरण ल्याउनुपर्ने बताए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जलजला गाउँपालिकामा पर्ने ऐतिहासिक धार्मिक स्थल कालञ्जर पर्वतलाई विश्व सम्पदा सुचिमा राख्न पहल गरिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख मनोहरबी पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कालञ्जर पर्वत क्षेत्रमा पर्ने जलजलाको धार्मिक पर्यटन विकासका लागि सम्भाव्यता अध्ययन गरि डिपिआर बनाउन लागिएको बताए । म्याग्दीको भुरुङ तातोपानी देखि पर्वतको पातिचौर सम्मको क्षेत्रलाई विभिन्न धार्मिक ग्रन्थहरुमा जडिबुटीको खानी भएको कालञ्जर पर्वतको रुपमा व्याख्या गरिएको छ । महायज्ञ सुरु हुनुअघि बेनी, पर्वत बेनी, लस्तिबाट मिलनचोकसम्म झाँकीसहितको कलश यात्रा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here