सडक पिच गर्दागर्दै जब एक पुरुषले खाल्डो खन्न थाले…

0
543

१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै हालिएको आले पिच खन्दै गर्दा उनलाई कसैले रोक्न सकेन । उनले सडकको आधाभागसम्म खनेर खाल्डो बनाइदिए । सडकमा आफ्नो जग्गा परेको झोकमा एक घरधनी महिला पनि कालोपत्रे गरिएको भन्दै विरोधमा बोलिरहेकी थिइन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत सडक विस्तार नगर्न भन्दाभन्दै पिच गरिएको भनेर उनी आक्रोशित थिइन् ।

‘मध्यपुरथिमीका मेयर सा’बले मेरै मात्रै घर पर्ने गरी नाप लिनुभयो, मेरो र मेरो जेठाजुको जग्गामा मात्रै सडक विस्तार गर्नुको कारण के हो ?’ उनी भन्दै थिइन्, ‘सर्वोच्चको अन्तरिम आदेश पनि नमानेर मेयरसा’बले ज्यादति गरे ।’ उनले आफूसँग सबै कागजात हुँदाहुँदै रातारात डोजर लगाएर सडक बनाएको आरोप लगाइन् । के भन्छ नगरपालिका ? मध्यपुर थिमी नगरपालिकाले भने एक व्यक्तिका कारण सडक विस्तार गरेर कालोपत्रे गर्न नसकिएपछि सामान्य बल प्रयोग गरिएको बतााएको छ । नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले लामो समयसम्म सडक अलपत्र छोड्दा स्थानीय बासिन्दालाई सास्ती भएपछि विरोधकै बाबजुद पनि सडक कालोपत्रे गरिएको बताइन् । ‘स्थानीयले विरोध गरेपछि योजनाभन्दा घटाएर सडक पिच थालिएको हो, त्यसमा एक घरको मात्रै विरोध रह्यो,’ उनले भनिन्, ‘हामी जनप्रतिनिधिले काम नै गर्न नपाउने अनि जनताले सास्ती खेपिरहनुपर्ने कहिलेसम्म?’ ‘नगरपालिका छेउछाउकै सडमा पनि केही स्थानीयको विरोधका कारण काम गर्न पाएका छैनौ,’ उनले भनिन्, ‘हामी गाडी चढेर हिँड्छौं भनेर जनताले धुलो र हिलोमा कष्ट सहेर बाँचिरहेको बेवास्ता गर्न मिल्दैन । त्यसैले सामान्य बल प्रयोग गरेर भए पनि रोकिएका विकासे काम पुरा गर्छौं ।’ उनले हाल कालोपत्रे भइरहेको सडक धेरै ठाउँमा जानका लागि महत्वपूर्ण भएको सुनाइन् ।

प्रधानमन्त्रीको १० दिनको उपचार खर्च : साढे दुई लाख मात्र काठमाडौं : प्रधानमन्त्री केपी ओली १० दिनको अस्पताल बसाई टुंग्याउँदै बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिन उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्। मंसिर १० गते पेट दुखेपछि स्वास्थ्य परीक्षण गर्दा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएको थियो। त्यस लगत्तै उनको शल्यक्रिया भएको थियो। बिहीबार डिस्चार्ज हुँदा प्रधानमन्त्री ओलीले शल्यक्रियासहित गरेर साढे दुई लाख रुपैयाँ बुझाएका हुन्। अस्पताल स्रोतका अनुसार ओलीको शल्यक्रियासहित १० दिन अस्पतालको आईसीयूमा उपचार गर्दा दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो। सरकारी अस्पताल भएकाले उहाँको उपचार कम पैसामै भएको स्रोतको दाबी छ। प्रधानमन्त्रीको उपचार खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै भुक्तान गरेको छ। अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी केही बोलेनन्। ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा। रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताए।

श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन्। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनेछन्। ‘उहाँलाई अझै आरामको जरुरत रहेको छ’, उनले भने, ‘उहाँलाई बालुवाटारमै आरामको व्यवस्था मिलाइएको छ। हामी बालुवाटारमै गएर उहाँको स्वास्थ्य अवस्थाको निगरानी गरिरहनेछौँ।’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. विद्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघाटमा सहभागी नभइ आराम गर्नेछन्। ‘प्रधानमन्त्रीले अझै एक साता आराम गर्नुपर्ने देखिएको छ’, उनले भनिन्, ‘त्यसपछिमात्र मात्र प्रधानमन्त्रीज्यू अन्य क्रियाकलापमा सहभागी हुनुहुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here