करदातालाई दुई विकल्प, नयाँ स्ल्याब मान्ने कि पुरानैमा बसेर छुट लिने ?

0
59

काठमाडौं । भारतको वित्तीय इतिहासमा सम्भवतः पहिलो पटक दुई विकल्पको कर व्यवस्था प्रस्ताव गरेको छ । सन् २०२०-२०२१ का लागि बजेट ल्याएकी वित्तमन्त्री निर्मला सीतारमणले करदातालाई दुई विकल्प दिएकी हुन् अब भारतीय आय करदाताले गत आर्थिक बर्षको कर स्ल्याब र कर छुट रोज्ने कि कुनै छुट नलिई नयाँ कर स्ल्याबमा जान सक्नेछन् । मन्त्री सीतामरणले भनिन्, ‘हामी एक ट्याक्सपेयर चार्टर बनाउँछौं, जसले कानूनी कवच दिन्छ । सरकार करदारतालाई भरोसा दिलाउनेछ कि उनीहरुमाथि कुनै उत्पीडन हुनेछैन ।’ बजेटमा १५ लाख भारुसम्म वाषिर्क आम्दानी भएका मानिसहरुले केही शर्तसहित करमा छुट पाउनेछन् ।

नयाँ कर स्ल्याबको लाभ लिन चाहनेहरुले भने कुनै छुट पाइनेछैन । वित्तमन्त्रीको दाबी छ कि यदि कुनै व्यक्तिले १५ लाख कमाउँछ र कुनै पनि छुट दावी गरेन भने यसअघि २ लाख ७३ हजार करको साटो १ लाख ९५ हजार भारु तिर्दा पुग्छ । तर कर छुट लिन चाहने हो भने पुरानो करको दरमा नै कर तिर्नुपर्ने हुन्छ । बजेटका १० मुख्य कुरा : १. १५ लाखसम्म बाषिर्क आम्दानी भएका मानिसहरुले केही शर्तसहित करमा छुट पाउनेछन् । नयाँ कर स्ल्याबको लाभ उठाउनेले भने कुनै छुट पाउने छैनन् । वित्तमन्त्री सीतारमणको दाबी छ कि यदि कुनै व्यक्तिले बाषिर्क १५ लाखसम्म कमाउँछ र कुनै कर छुटको दाबी गर्दैन भने नयाँ व्यवस्थाअनुसार १ लाख ९५ हजार कर तिर्दा पुग्छ । जबकी यसअघि २ लाख ७३ हजार भारु आयकर तिनुपथ्र्यो । तर कर छुट लिन चाहने हो भने पुरानो करकेा करमा नै कर तिर्नुपर्ने हुन्छ । २. बैंकमा जम्मा गरिएको पाँच लाखसम्मको रकम अब बीमामा सुरक्षित हुनेछ । पहिले यस्तो बीमा एक लाखसम्म मात्र थियो । ३. भारतीय जीवन बीमा निगम अर्थात एलआईसीमा आफ्नो हिस्सा बेच्नेछ । यसका लागि एलआईसलाई स्टक मार्केटमा लिस्टिङ गरिनेछ । ४. डिविडेन्ड डिस्ट्रिब्यूसन ट्याक्स अन्त्य गरिएको छ । यो त्यो कर थियो, जुन पहिले कम्पनीहरुले शेयर होल्डरलाई दिने लाभान्समा तिर्नुपथ्र्यो ५. पब्लिक, प्राइभेट पार्टनरशिप अर्थात पीपीपीमार्फत रेल्वे र अधिक प्राइभेट ट्रेन चलाइनेछ । पर्यटन केन्द्रलाई जोड्न तेजस जस्ता गाडी अरु चलाइनेछ । ६. वर्ष २०२४ सम्म १०० नयाँ हवाई अड्डा बनाइनेछ । ७. छिट्टै विग्रन सक्ने कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन किसन रेल र किसान उडान जस्ता योजना सुरु गरिनेछ । ८. विदेशी जुत्ता, फर्निचर र उपचारमा प्रयोग हुने मेसिनमा भन्सार दर बढाइनेछ । ९. आगामी ३ वर्षभित्र पि्रपेड बिजुली मिटर लगाइनेछ । १०. सरकार गैरराजपत्राकिंत कर्मचारी भर्ना गर्न एक नेशनल रिक्रुटमेन्ट एजेन्सी गठन गरिनेछ । यो एजेन्सीले अनलाइन टेष्ट लिनेछ ।

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट विजुली १८ माघ, काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला-ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here