हेर्नुहाेस प्रिज्मा र बलेकाे बिवाह हुने मिती तय

0
138

काठमाडौं। ‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ । हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागर (बले)ले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो । जुम्ल्याहा दिदि–बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् । सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् एक बिश्वस्त श्रोतका अनुसार सागर(बले) र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।

सडकले सहरीकरण बढ्दै भोजपुर : भोजपुर नगरपालिका ३ मा पर्ने ‘बलौटे’ बजार पश्चिमी क्षेत्रको ‘ट्रान्जिट’ विन्दू हो। ११ वर्ष अघिसम्म यो मात्र एउटा पाखो बारी थियो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्र्याकले बलौटे पाखोबारीलाई एकाएक बजारमा परिणत गरायो। घर बनाउने लहर चल्यो। धमाधम पक्की घर ठडिए। पसल, स्टोर, होटल एकपछि अर्को गर्दै खोलिए। जग्गाको मोल बढ्यो। करिब १० वर्षको अन्तरालमै बलौटे बजारको आर्थिक समृद्धिले कोल्टे फेर्‍यो। सडक सञ्जालको पहुँचले बलौटेजस्तै धेरै ग्रामीण क्षेत्रको मुहार फेरिएको छ। द्वन्द्वपछि नयाँ रूप लिएको भोजपुर यतिबेला समृद्धिको बाटोमा अघि बढ्ने क्रममा छ। १० वर्षअघि बेलायत सरकारको आर्थिक सहयोगमा सदरमुकाम जोड्ने मुख्य सडक निर्माण भएपछि पुराना बजारले नयाँ रूप लिएका छन्। सडक आसपासका क्षेत्र सहर बिस्तार हुन थालेका छन्। धनकुटा र खोटाङ जोडिने नारादमुनि थुलुङ राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग सडक खण्ड कालोपत्रे भएपछि जरायोटार, प्याउली, तिवारी भञ्ज्याङ, दावाँ, बलौटे, श्यामशिला लगायत दर्जनभन्दा बढी स्थानमा सहरीकरण बढेको हो। सडक बिस्तारपछि गाउँमा उत्पादित कृषि उपज तराई–मधेसका ठूला सहरसम्म पुगेको छ। सडक बनेपछि ढुवानीमार्फत आवश्यक कच्चापदार्थ, किरानाका सामान, ग्याँस, फलामजन्य सामग्री, हार्डवेयरका सामान सदरमुकाममा सहजै आउँछ। सडक आसपासमा नयाँ सहर विकसित भएको अरुण गाउँपालिका २, चम्पेका सन्तोष राईले बताए। सहरको विकाससँगै गाउँघरमा पनि आर्थिक समृद्धि ल्याएको उनको भनाइ छ। ‘सडक बनेपछि गाउँघरका उत्पादन देशविदेश पुग्न थालेका छन्, आर्थिक वृद्धिमा ठूलो टेवा मिलेको छ’ राईले भने, ‘सडक आएपछि साना भञ्ज्याङ पसलहरू ठूला बजार बनेका छन्, सामान ढुवानी सजिलै हुने भएकाले पहिलेजस्तो दिनै माया मारेर टाढाको सहर धाइरहनु पर्दैन।’ सडक सञ्जालले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएपछि ४५ साल यताका भूकम्पले जर्जर बनेका अधिकांश पुराना घर ठूला पक्की बनेका छन्। सडक आसपासका क्षेत्रमा ७ वर्षभित्रै नयाँ बजार बने। यातायातको सुविधा नहुँदा बसाइसराइ धेरै हुने गाउँघर सडक सञ्जालको बिस्तारसँगै सडक आसपासमै घर निर्माण हुन थालेको अरुण गाउँपालिका ६ जरायोटारका टिकाराम बराइलीले बताए।

एक रोपनीको ७ हजारले पनि बिक्री गर्न गाह्रो हुने जग्गा अहिले ६ लाखसम्म पर्ने गरेको उनको भनाइ छ। सडक आसपासका क्षेत्रमा हाल व्यापार व्यवसाय र सुविधाका लागि मानिसले घर–टहरा बनाउने गरेकाले जग्गाको भाउ अकासिएको जरायोटार लेगुवाका दिलकुमार राईले बताए। भने, ‘सडक आसपासमा घर बनाएर बस्नेको संख्या बढेको छ, नयाँ सहर बजार विकास हुन थालेका छन्।’ स्थानीय कृषिजन्य उपजले पनि सडकले गर्दा राम्रो भाउ पाउन थालेको पौवादुङमा गाउँपालिका २ तिवारी भञ्जाङकी सम्झना राईले बताइन्। ‘बारी राताम्मे हुने गरी लटरम्म टमाटर फल्थ्यो, खाएर सकिँदैनथ्यो, किनबेच गर्ने ठाउँ हँुदैनथ्यो, बोटैमा कुहेर नष्ट हुन्थ्यो’, उनले सुनाइन्, ‘टमाटर प्रतिकेजी २ सय रुपैयाँसम्म बेच्दैछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here