डरलाग्दाे खुलासा: कोरोनाबाट २४ हजारभन्दा बढिको मृत्यु भईसकेको रिपोर्ट लिक

0
237

काठमाडौं । चीनमा कोरोनाभाइरसबाट मर्नेको संख्या लगातार बढिरहेको छ । सरकारी तथ्यांकअनुसार बिहिबारसम्म ५६३ जनाको मृत्यु भईसकेको उल्लेख छ । यसबीच चिनियाँ चर्चित व्यवसायीक कम्पनी टेनसेंटको लीक भएको एक रिपोर्टमा कोरोनाबाट २४ हजारभन्दा बढि मानिसको मृत्यु भईसकेको तथ्य खुलासा भएको छ । लीक भएकाे तथ्यांक सरकारी तथ्यांकभन्दा सयौं गुणा बढि हो । चिनियाँ सरकारले कोरोनाबाट मर्नेहरुको संख्या लुकाएको चर्चा चलिरहेको बेला कम्पनीको रिपोर्ट सार्वजनिक भएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार, टेनसेंन कम्पनीको वेबसाइटको ‘एपिडेमिक सिच्युएशन ट्रैकर’ नामका पेजमा लीक भएकाे रिपाेर्टअनुसार कोरोनाबाट १ लाख ५४ हजार २ सय ३ मानिस संक्रमित भएको उल्लेख छ । जुन तथ्यांक १ फ्रेबुअरीमा सरकारद्वारा जारी गरिएको तथ्यांकभन्दा दश गुणा बढि हो । यसमा थप ७९ हजार ८०८ कोरोनाबाट संक्रमित बिरामी भएको हुनसक्ने बताइएको छ । यो तथ्यांक पनि सरकारी आँकडाभन्दा चार गुणा बढी हो रिपोर्टमा उपचारपश्चात २६९ जना मानिस पूर्णं स्वस्थ भएको पनि उल्लेख छ । जुन चीन सरकारले सार्वजनिक गरेको रिपोर्टको नजिक छ । चीन सरकारले ३०० बिरामी पूर्णं स्वस्थ्य भएको दाबी गरेको छ । कम्पनीको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीले केहि घण्टामै रिपोर्ट परिवर्तन गर्दै कोरोनाबाट मृतकको संख्या ३०४ र संक्रमितको संख्या १४ हजार ४४६ भएको उल्लेख गरेको थियो । जुन आफैंमा नमिल्दो तथ्यांकसमेत थियो । सम्बन्धित समाचार कोरोनाभाइरसको प्रकोपबारे सबैभन्दा पहिले चेतावनी दिने चिकित्सकको मृत्यु तीन पटकसम्म तथ्यांक मिलायो कम्पनीले अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार टेनसेंट कम्पनीको रिपोर्ट लीक भएसँगै कम्पनीले आफ्नो साइटमा तीनपटकसम्म तथ्यांक मिलान गरको थियाे । टेनसेंटले पछिल्लो पटक सरकारी तथ्यांकलाई साभार गरेको छकम्पनीले तथ्यांक गलत हुनुमा कोडिङ्ग गडबडी भन्दै आफ्नो भनाई सार्वजनिक गरेको कुरा सञ्चार माध्यमले लेखेका छन् । जनाइएअनुसार कम्पनीमा काम गर्ने एक व्यक्तिले जानी बुझी नै वास्तविक तथ्यांक लीक गरेका थिए । ‘बुहानमा संक्रमितको उपचार हुन सकेको छैन्’ ताइवान समाचार एजेन्सीलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले बुहानमा कोरोना संक्रमितहरुको उपचार हुन नसकिरहेको र धेरै मानिसहरुको अस्पताल बाहिर नै मृत्यु भएको कुरा खुलासा गरेका छन् । यसको साथै उपचार सामाग्रीहरुको पनि बुहानमा भारी अभाव भएको उल्लेख छ । यस्तो रिपोर्ट पनि सामन्ने आएको छ कि, कोरोना भाइरसबाट मृत्यु हुने कतिपयको लुकाएर अन्तिम संस्कार गरिएको छ । मर्नेहरुको तथ्यांक बढि नबनाउन त्यस्तो गरेको कुरा जनाइएको छ । एजेन्सीबाट उच्च अदालतमा धेरै मुद्दा संघीयतासँग सम्बन्धित २४ माघ, काठमाडौं । नेपालमा संघीयता कार्यान्वयनका क्रममा देखिएका विवाद र असन्तुष्टिलाई लिएर अदालतमा मुद्दा पर्ने क्रम बढेको पाइएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले अदालतमा आएका धेरै मुद्दा संघीयतासँग सम्बन्धित रहेको बताए । संघीयता कार्यान्वयनका क्रममा देखिएका अधिकार क्षेत्रको विवाद, कर्मचारी समायोजनमा असन्तुष्ट कर्मचारी मुद्दा लिएर अदालत पुगेका छन् । कर्मचारी समायोजनको धेरै रिट अदालत आएको छ, अदालतमा दर्ता भएका मुद्दा हेर्दा संघीयता रिलेटेड धेरै छन्’ शुक्रबार उच्च अदालतमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा मुख्य न्यायाधीश सुवेदीले भने ।

मुद्दाको संख्या अनुमान भन्दा बढी पाटन उच्च अदालतमा गत साउनदेखि पुस मसान्तको ६ महिना अवधिमा ५ हजार २ सय ७६ मुद्दा दर्ता भएका छन्, जुन अदालतले अनुमान गरेभन्दा बढी हो । अदालतले अघिल्ला ३ वर्षमा दर्ता भएका मुद्दाको स्थिति हेरेर ४ हजार १ सय ९७ मुद्दा दर्ता हुने अनुमान गरेको थियो । तर अनुमानभन्दा एक हजार बढी दर्ता भएको हो । नयाँ मुलुकी ऐनमा जिल्ला अदालतको क्षेत्राधिकार बढी राखिएकाले त्यहाँबाट पुनरावेदन आउने र उच्च अदालतमै सुरु कारबाही हुने वाणिज्यसम्बन्धी मुद्दाले संख्या बढेको अदालतको अनुमान छ । ‘६ महिनाको अवधिमा हामीले अनुमान गरेभन्दा बढी मुद्दा दर्ता भयो’ मुख्य न्यायाधीश सुवेदीले भने, ‘हामीले पुरानो मुलुकी ऐनको आधारमा गरेको अनुमान गलत भएको छ ।’ उच्च अदालतमा साउनदेखि पुस मसान्तसम्म वाणिज्यसम्बन्धी १८ सय ४३ वटा मुद्दा दर्ता भएका छन्, जसमा ९० प्रतिशत भन्दा बढी चेक अनादरको मुद्दा रहेको मुख्य न्यायाधीश सुवेदीले बताए । गत भदौ १ देखि लागू भएको मुलुकी संहितामा कसैले बाउन्स चेक दिएमा चेक अनादरमा मुद्दा चल्ने व्यवस्था भएपछि यस्ता विवाद अदालत पुगेका छन् । लक्ष्यभन्दा धेरै मुद्दा किनारा उच्च अदालतलले चालु आर्थिक वर्षको ६ महिनामा ४ हजार ५ सय ४० वटा मुद्दा किनारा लगाएको छ । उच्च अदालतले ३ हजार ९ सय २१ वट मुद्दा र ६ सय १९ वटा रिट निवेदनको अन्तिम किनारा लगाएको हो । चालु आर्थिक वर्षको ६ महिनामा ४ हजार ३ सय १८ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकामा त्यसभन्दा बढी मुद्दा किनारा लगाएको उच्च अदालतले जनाएको छ । मुख्य न्यायाधीश सुवेदीले संख्याका आधारमा आफूहरुले सन्तोषजनक काम गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here