यस्ताे कारणले पाकिस्तानी आयोजकको कार्यक्रम सलमान खानले रद्द गरे

0
85

मुम्बइ : बलिउडस्टार सलमान खानले पाकिस्तानी आयोजकको ‘लाइभ पर्फमेन्स’ रद्ध गरिदिएका छन् । पाकिस्तानी ‘इभेन्ट प्रोमोटर’ रिहान सिद्धिकीको आयोजनामा अमेरिकाको हस्टनमा हुने लाइभ पर्फमेन्स सलमानले रद्द गरेका हुन् । गत वर्ष सेप्टेम्बरमा पाकिस्तानी आयोजनामा अमेरिकामा भएको कार्यक्रममा उपस्थित भए वापत कुमार सानु, उदित नारायण झा र अल्का यग्निकलाई स्पष्टिकरण सोधिएको थियो । पश्चिम भारत सिने कर्मचारी महासंघले उनीहरुलाई प्रश्न सोधेको थियो ।

ललितानिवास प्रकरणमा दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् : भट्टराई काठमाडौं : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा दोषीलाई छोड्ने, निर्दोषलाई फसाउन नहुने बताएका छन्। उनले यो प्रकरणमा आफूलाई असहजता महसुस भएको प्रतिक्रिया दिएका छन्। ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिदा मैले पनि असहजता महसूस गरेको छु! सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!’ बिहीबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!’ अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ। मुद्दा प्रक्रिया अगाडि बढेसँगै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रयत्न सकरात्मक भएको बताउँदै भट्टराईले प्रथम दृष्टिया कतिपय त्रुटि र अपूर्णता देखिएको धारणा राखेका छन्। ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।’ उनले ट्वीटमा लेखेका छन्, ‘हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।’ यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिबाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ। राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ। भ्रष्टाचारमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ मुछिएका छन्। उनीहरूउपर सरकारले अधिग्रहण गरेको जग्गा जफत भएको राजनीतिक आधार देखाएर फिर्ता गराउँदै निजी रूपमा नामसारी गर्न सघाएको आरोप छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ। उनीहरूसँगै पूर्व मुख्यसचिव एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायत १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

कोरोना भाइरस संक्रमण : चिनियाँलाई भारत प्रवेशमा रोक भैरहवा : चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतले चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको छ। भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो। सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो। कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महारागंज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एस.आई. अशोक कुमारले पुष्टि गरे। ‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध रहनेछ।’ प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन। अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन्। प्रतिबन्धको आदेशसँगै नेपाल आउन लागेका १ सय १३ ताइवानका नागरिकलाई अध्यागमन कार्यालय सोनौलीले सीमामा दुई घण्टासम्म रोकेर सोधपुछ गरेपछि प्रस्थानको अनुमति दिएको थियो। अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा मात्र ५६३ को मृत्यु भइसकेको छ । चीनमा यसले महामारीको रुप लिएपछि विश्वभर सतकर्ता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here