मर्नुअघि आमालाई हात हल्लाएको फोटो वर्षकै उत्कृष्ट घोषित

0
98

२४ माघ, काठमाडौं । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् । चित्रकारले खिचेको हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युअघि हात हल्लाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो घोषित भएको छ । चित्रकारले यो उपाधिबाट नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पारेका छन् । यसैगरी सुरज श्रेष्ठको फोटो नेपाल स्माइल, गोपेन राईको फोटो डेली लाइफ विधामा उत्कृष्ट घोषित भए । दिपेन श्रेष्ठले न्युज विधा, नभेष चित्रकारले नेचर एन्ड वाइल्ड लाइफ र सुबीर थापाले कल्चर एन्ड टुरिजम विधामा उपाधि जिते । त्यस्तै स्पोर्टस् विधाको उपाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो । डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो र दीपक बुढाथोकीको फोटो तेस्रो भयो ।

‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो दोस्रो र रोविक उपाध्यायको फोटो तेस्रो भयो । स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेश गोलेको फोटो तेस्रो भयो । नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो र नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो र चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो । उत्कृष्ट फोटो चयनका लागि एजेन्स फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा रहेको थियो । जसमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनी काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौंबाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिने फोटो पत्रकार क्लबले जनाएको छ मास्कमा पनि बिचौलिया काठमाडौं : चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्। श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा मास्क खरिदकर्ताहरू फाट्टफुट्ट थिए। अहिले एउटै व्यक्तिले दर्जन बढी मास्क माग गर्छन्। उनी भन्छन, ‘हामीबाट खरिद गर्ने र बाहिर तेब्बर बढी मूल्यमा बिक्री हुन थालेको पाएपछि ठूलो परिमाणमा बेच्न छाडें।’ तीनदेखि पाँच रुपैयाँ पर्ने साधारण मास्कलाई बजारमा १५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। नेपालमा सामान्य खालको मास्क बन्छ। त्यही मास्कको पनि माग उच्च छ। चीनबाट समेत मास्कको माग आइरहेको विक्रेता बताउँछन्। ‘बनेपास्थित विक्रेताको ठेगाना दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका एक पोलिटब्युरो सदस्यले बीस हजारसम्म मास्क मगाएका छन्’, एक युवकले नाम उल्लेख गर्ने सर्तमा भने। बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाका महासचिव समेत रहेका श्रेष्ठ भन्छन्, ‘हामीले पनि मागबमोजिमको मास्क पाएका छैनौं। कृत्रिम अभाव सिर्जना गरिएको छ।’ औषधि व्यवस्था विभागले मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजरको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ। मौज्दात नराखी निर्यात नगर्न÷नगराउन रसायन तथा आपूर्ति संघलाई निर्देशन दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। उनले भने, ‘ती वस्तुको मौज्दातको विवरण जानकारी दिन पत्राचार गरे पनि जवाफ आएको छैन।’ तीन दिनभित्र मास्क उत्पादकको क्षमता र मौज्दातको विवरण विभागमा पठाउन अघिल्लो शुक्रबार पत्राचार गरे पनि आपूर्ति संघले विवरण पठाएको छैन। विभागले खुद्रा बिक्रीवितरण गर्दा नियन्त्रित रूपमा गर्न र मुलुकभरि उपलब्ध हुने व्यवस्था गर्न अनुरोध गरेको थियो। मूल्य नबढ्ने गरी बिक्रीवितरण नगर्न÷नगराउन अनुरोध गरिएको महानिर्देशक ढकालले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार मास्क निर्यातमा रोक लगाउन अध्यागमन र भन्सार विभागलाई निर्देशन दिइएको छ। ‘कृत्रिम अभाव र कालोबजारी गरेको थाहा पाए कारबाही हुन्छ’, श्रेष्ठले भने। चीनलाई एक लाख मास्क सहयोग नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्क अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो। नेपालले एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here