भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा अचानक आगलागी

0
63

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ । विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन । यद्यपि विमानस्थलका सुरक्षाकर्मी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको घटनासँगै विमानस्थलभित्र केही बेरसम्म भागदौड मच्चिएको थियो । साथै विमानस्थलका कर्मचारी र प्रहरी अलर्ट छन् । कफीसपको आगलागीमा विमानस्थलको बाहिरबाट देखिएका केही दृश्य यस्ता छन् । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको ह- *त्यामा उनकै घरमा काम गर्ने विजय चौधरीको संलग्नता रहेको प्रहरीको निष्कर्ष छ । ललितपुरको सानेपास्थित घरमा जडान गरिएको सिसिटिभी दृश्यमा चौधरीले मीनालाई सातपटक हिर्काएको देखिएको उच्च प्रहरी अधिकारीले बताए ।

अनुसन्धान अधिकृतहरुका अनुसार घटना भएको भान्छामा पिर्का भेटिएकाले त्यसले नै हानेर ह- *त्या गरेको आशंका छ । मुनालाई आक्रमण गरेपछि २२ वर्षीय चौधरीले आत्मह- *त्या गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । सोमबार घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुनामाथि आक्रमण गरेका थिए । मुना अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन् । उनलाई उद्धार गरी ललितपुरमै रहेको स्टार हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । अपडेट : पूर्वसचिव कार्कीकी श्रीमती मुनाको पिर्काले हानेर ह- *त्या गरेको आश‌ंका पूर्वसचिव कार्की बिहानै पूजा गर्न पशुपति मन्दिर गएको बताइएको छ । उनी घरमा आइपुग्दा घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मुना र विजयबीच रिसइबी भए नभएको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ज्ञानमणि नेपालको ‘महाभारत’ विसं १९८९ को श्रीपञ्चमीका दिन जन्मेका इतिहासकार ज्ञानमणि नेपालले अघिल्लो साता ८८ वर्ष टेकेका छन्। यो उमेरमा पनि उनको अनुसन्धानमूलक लेखपढ जारी छ। तर, पाण्डुलिपि–पुस्तकबारेको पीडा उनमा भारी छ। ‘हेर्नुस् न, कति राम्रो नाम थियो— वन्दना। अहिले यसलाई नाम बदलेर क्र्याम्ब्रिज इन्टरन्यासनल कलेज कि के भन्छन्, बनाएका छन्, यहीँनेर आएर मलाई फोन गर्नुहोला’, उनले आफ्नो घरको ठेगाना दिए। त्यहाँनेर पुगेर मैले उनलाई फोन गरिनँ। राजनीतिजीवीको नाम सोधेको भए टाढ्टाढाका छरछिमेकले पनि एकैपटकमा चिन्दथे होला। तर, नेपालको ज्ञानका मणि अर्थात् ज्ञानमणि नेपाललाई भने चौथो सोधपुछपछि छिमेकीले चिने र घर देखाइदिए। सोध्दैपुछ्दै म उनको घरै मात्र हैन, अध्ययन–शयनकक्षमै पुगेँ। उनी कविराजसित थिए। कागतपत्र, कापी, किताबले झन्नै पुरिएका, बसी बसी लेख्न मिल्ने होचो टेबलमुनि मणि भुइँमा टुक्रुक्क–कुक्रुक्क थिए। यो यही कोठा हो, जुन २०७० चैत १५ गते बिहान आगलागीमा परेर ‘दुई तिहाइ’ नष्ट भएको थियो। ‘तल भाडामा बस्ने मान्छेले कार्पेट टाँस्ने ज्वलनशील पदार्थ (डेन्ड्राइट) धेरै नै राखेको रहेछ। त्यहीँबाट सल्केको आगो यहाँसम्म आयो’, उनले भने, ‘आगो यो भन्दा माथिल्लो तलासम्म पुगेको भए मेरा पाँच–सातवटा दराजका सबै पुस्तक नासिन्थे। मेरा केही किताब र पाण्डुलिपि नष्ट भए।’ (घरमा भौतिक क्षति धेरै भएको थियो, तर ज्ञान–मणि न परे, बौद्धिक सम्पत्तिको मात्र कुरा गरे।) आगजनीमा परेर पशुपतिबारे आफूले लेखेका पाँचवटा कापी पूरै जले। बुद्ध महापरिनिर्वाण सूत्र पालि–संस्कृत–नेपालीमा अनुवाद गरेका थिए। त्यो पनि नष्ट भयो। यही कोठामा रहेर पनि बचेका दुई ‘भाग्यमानी’ सामललाई उनले तुरुन्तै राष्ट्रिय अभिलेखालयमा पठाइदिए। बचेका ती दुई थिए— पुरानो नेपालीमा लेखिएको भक्तिकाण्ड रामायण र चीन यात्रा वर्णन। घरमा आगलागी भएपछि उनी एक महिना भाइको घरमा बसे। उनको चर्चित पुस्तक छ, ‘नेपालको महाभारत’। पाण्डुलिपिलाई लिएर यी नेपाल बूढाको जिन्दगीमा पनि महाभारतै छ।

उनका किताब घरि जल्छन्, घरि पाण्डुलिपि चोरिन्छन्, घरि हराउँछन्। ज्ञानमणिलाई ज्ञानले आनन्द दिए पनि सुख भने दिएको छैन। यही पुस १९ मा दिवंगत पुरातत्वविद् तारानन्द मि श्रबाटै कुरा सुरु भयो। ज्ञानमणिले धर्मस्वामी (भोटका लामा)को मूल पाठबाट उल्था गरेको ‘भोट, भारत र नेपालको यात्रा वर्णन’ मि श्रको नाउँमा छापियो। एकेडेमीमा पठाएको पाण्डुलिपि कसरी मि श्रले आफ्नो नाममा छापे त ? ‘एकेडेमीले मूल्यांकन गर्न मि श्रलाई पठाएछ, मि श्रले फिर्ता गरेन, अर्कै प्रकाशनबाट छापिहालेछ, अनुवादक तारानन्द मि श्र भनेर’, ज्ञानमणिले भने, ‘मैले लेख लेखेँ पनि। उसले केही प्रतिक्रिया दिएन। एकचोटि बाटोमा अकस्मात् भेट भएको थियो, चोर चोर भनिदिएँ। घोसे मुन्टो लाएर भाग्यो ऊ।’ ज्ञानमणिले अर्काे यस्तै तीतो घटना पनि सुनाए। उनका अनुसार ‘पृथ्वीन्द्रोदय’ महाकाव्य उनले बीसौं वर्ष लगाएर सम्पादन गरे। छाप्ने स्रोत पनि उनी आफैंले खोजेका थिए। छापिने बेला उनी एक दिन प्रज्ञा–प्रतिष्ठान–प्रेसमा पुगे। जे देखे— उनी छानाबाट खसेजस्तो भए। तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेतीलाई भने— मैले १५ वर्षभन्दा बढी लगाएर तयार पारेको यसमा १५ दिनभित्रै विष्णु प्रभातको नाम कसरी ?

SHARE
Previous articleमर्नुअघि आमालाई हात हल्लाएको फोटो वर्षकै उत्कृष्ट घोषित
यो वेबसाइट कान्तिपुर हाेम न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here